हामी आफ्नै अन्तर्घातले चुनाव हार्‍यौ : देउबा « Khabarhub

हामी आफ्नै अन्तर्घातले चुनाव हार्‍यौ : देउबा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् ।

कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।

सभापति देउवाले भने, ‘कम्युनिस्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो । हामी आफनै कारण त्यो पनि अन्तर्घातका कारण चुनाबमा हार्न पुगेका हौं ।’ अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले बताए ।

त्यस्तै सभापति देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताएका छन् ।

आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताए । देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै सरकारको आलोचना समेत गरे ।

वर्तमान् सरकार लिपुलेक र कालापानी को मुद्दामा मौन बसेको भन्दै आश्चर्य प्रकट गर्दै सरकारले चाँडो भन्दा चाँडो यो समस्याको हल खोज्नु पर्ने बताए ।

कांग्रेस सभापति देउवाले बर्तमान् सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेल भैरहेकाले संबिधानको रक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेस जिम्मेवार भएर अघि बढनु पर्ने चुनौती आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस का सभापति देउवाले कम्युनिस्टहरू चरित्रले नै अधिनायकबादी हुन्छन् र उनहिरूको अधिनायकबादलाई रोक्न काँग्रेसको आबश्यकता र एकता दुबै अपरिहार्य बनेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर