अनियमितता र भ्रष्टाचारविरुद्ध उभिन नेता साहको आह्वान « Khabarhub

अनियमितता र भ्रष्टाचारविरुद्ध उभिन नेता साहको आह्वान


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान गरेका छन् ।

शनिवार रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुरमा मनरुप महतो स्मृति विवाह भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा अनियमितता र भ्रष्टाचार व्याप्त भएको भन्दै यसको विरुद्ध जाग्न सबैमा आह्वान गरेका हुन् । मुलुकले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धि कार्यान्वयन गर्न मुलुकबाट भ्रष्टाचार निर्मुल गर्नुपर्ने अध्यक्ष साहको तर्क थियो ।

समृद्धिको बाधकको रुपमा भ्रष्टाचार र आर्थिक अनियमिततालाई चित्रित गर्दै उनले भने, “हामीले लामो लडाई पछि मुलुकबाट निरकंश शासन व्यवस्था फाल्यौँ तर अझै त्यसको अवशेष बाँकी छ । त्यतिबेलाका पञ्च र कांग्रेसले सृजना गरेको वेथितिहरु चाहे त्यो आर्थिक अनियमितता होस् भ्रष्टाचार होस् चाहे सामन्ती सोच होस् । ती सबैलाई उखेलेर फाल्नुपर्छ । र त्यसका लागि तपाई हामी एकजुट भएर वेथितिहरुका विरुद्ध लड्नुपर्छ ।“

अध्यक्ष साहले थपे, “समाज बदलाबको जुन अभियानमा हामी छौँ । त्यो अभियान तब मात्र सार्थक हुन सक्छ जब हामीले समाजमा जरा गाडेर बसेको भ्रष्टाचारलाई उखेलेर फाल्छौँ । भ्रष्टचारीको कुनै रुप, जात, धर्म, समुदाय, पार्टी हुँदैन । उनीहरु केवल विकासका बाधक हुन्, असल समाजका शत्रु हुन् । त्यस्ता तत्व जबसम्म तपाई हाम्रो बीचमा रहन्छ तबसम्म हामी समृद्धि र सामाजिक जागरणको लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसैले म आह्वान गर्दछु, अनियमितता र भ्रष्टाचारका विरुद्ध खडा हुनुहोस् ।“

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ०५ बजे

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित