अनियमितता र भ्रष्टाचारविरुद्ध उभिन नेता साहको आह्वान « Khabarhub

अनियमितता र भ्रष्टाचारविरुद्ध उभिन नेता साहको आह्वान


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान गरेका छन् ।

शनिवार रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुरमा मनरुप महतो स्मृति विवाह भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा अनियमितता र भ्रष्टाचार व्याप्त भएको भन्दै यसको विरुद्ध जाग्न सबैमा आह्वान गरेका हुन् । मुलुकले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धि कार्यान्वयन गर्न मुलुकबाट भ्रष्टाचार निर्मुल गर्नुपर्ने अध्यक्ष साहको तर्क थियो ।

समृद्धिको बाधकको रुपमा भ्रष्टाचार र आर्थिक अनियमिततालाई चित्रित गर्दै उनले भने, “हामीले लामो लडाई पछि मुलुकबाट निरकंश शासन व्यवस्था फाल्यौँ तर अझै त्यसको अवशेष बाँकी छ । त्यतिबेलाका पञ्च र कांग्रेसले सृजना गरेको वेथितिहरु चाहे त्यो आर्थिक अनियमितता होस् भ्रष्टाचार होस् चाहे सामन्ती सोच होस् । ती सबैलाई उखेलेर फाल्नुपर्छ । र त्यसका लागि तपाई हामी एकजुट भएर वेथितिहरुका विरुद्ध लड्नुपर्छ ।“

अध्यक्ष साहले थपे, “समाज बदलाबको जुन अभियानमा हामी छौँ । त्यो अभियान तब मात्र सार्थक हुन सक्छ जब हामीले समाजमा जरा गाडेर बसेको भ्रष्टाचारलाई उखेलेर फाल्छौँ । भ्रष्टचारीको कुनै रुप, जात, धर्म, समुदाय, पार्टी हुँदैन । उनीहरु केवल विकासका बाधक हुन्, असल समाजका शत्रु हुन् । त्यस्ता तत्व जबसम्म तपाई हाम्रो बीचमा रहन्छ तबसम्म हामी समृद्धि र सामाजिक जागरणको लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसैले म आह्वान गर्दछु, अनियमितता र भ्रष्टाचारका विरुद्ध खडा हुनुहोस् ।“

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ०५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ