१ महिनामा साढे २४ हजार विदेशी पर्यटकद्वारा गण्डकी प्रदेशको भ्रमण « Khabarhub

१ महिनामा साढे २४ हजार विदेशी पर्यटकद्वारा गण्डकी प्रदेशको भ्रमण


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४ सय ७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३ सय ५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए ।

अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त मौसम भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा पर्यटकको सङ्ख्या वद्धि भएको बोर्डले जनाएको छ ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा अक्टोबर महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर गएका छन् । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२ दशमलव दुई प्रतिशतले बढी छ ।

उक्त अवधिमा १७ हजार ७६२ र भारतबाट छ हजार ७१५ पर्यटक तेस्रो मुलुकबाट आएका छन् । प्रदेशको पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले सङ्कलन गरेको अन्तर्राष्ट्रिय पर्यटकको तथ्याङ्क हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ३ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा