कास्की क्षेत्र नम्बर-२ मा २२ जनाको उम्मेदवारी, ११ जना स्वतन्त्र « Khabarhub

कास्की क्षेत्र नम्बर-२ मा २२ जनाको उम्मेदवारी, ११ जना स्वतन्त्र


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेल, समाजवादी दलका तर्फबाट धर्मराज गुरुङ, साझा पार्टीका तर्फबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (विपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गङ्गा मल्लले उम्मेदवारी दिएका छन् । ।

त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनिल भुसालले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ४६ बजे

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी