लमजुङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, रुखमा अड्किएको गाडी खोलामा खस्यो « Khabarhub

लमजुङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, रुखमा अड्किएको गाडी खोलामा खस्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार बिहान बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कही यात्रु हराइरहेको आश‌का खोजी कार्य भइरहेको डीएसपी रबिन्द्रमान गुरुङले बताए । दुर्घटना क्षेत्र लमजुङ र तनहुँ सीमाक्षेत्रमा पर्छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका थिए ।

४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । १ जनाको अवस्था सामान्य छ । बसमा १२ देखि १४ जना जना रहेको हुनसक्ने प्रहरीले बताएको छ ।

बस ओरालोमा रोकेर चालक र सहचालक यात्रु खोज्न निस्किएको बेलामा बस गुडेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट गुडेको बस खसेर रुखमा अड्किएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ३८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु