नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल « Khabarhub

नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।

पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले खबरहबलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी हुनसक्ने संकेत मिलेपछि बालुवाटारमा सचिवालय बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीले स्वास्थ्यका कारण बैठकमा पूर्ण समय दिन नसक्ने भएपछि बैठक धुम्बाराहीमै बस्ने गरी बोलाउने तयारी भएको हो ।

सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए ।

पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो ।

बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ३३ बजे

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर