सबैको लघुवित्तको तेश्रो बार्षिक साधारण सभा सम्पन्न « Khabarhub

सबैको लघुवित्तको तेश्रो बार्षिक साधारण सभा सम्पन्न


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन भएको छ । शनिवार डुम्रे, तनहुँमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले आब २०७५/७६ को मुनाफा बाट हाल कायम चुक्ता पुँजी रु१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गरे पश्चात् संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

उक्त सभामासर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त अन्य “घ” वर्गकाकुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्नगाभिनवा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यस कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण सेवाहरु एनआईबिएल एस क्यापिटल लि। ले प्रदान गर्दै आइरहेको समेत कम्पनीले जनाएको छ ।

२०७४ आषाढ ३० गतेबाट तनहुँ जिल्लाको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले २९ जिल्लाहरुमा ५१ शखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरु लाई प्रत्यक्ष सेवा पुर्‍याएको छ । त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरु बाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : २९ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना