उपनिर्वाचनको मतपरिणामले कांग्रेस पतन उन्मुख देखियो : प्रभु साह « Khabarhub

उपनिर्वाचनको मतपरिणामले कांग्रेस पतन उन्मुख देखियो : प्रभु साह


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले टिप्पणी गरेका छन् ।

आइतवार रौतहटको कटहरिया नगरपालिका-१, जमुनियामा समृद्धिका लागि जनप्रतिनिधिको भुमिकासम्बन्धी अन्तरक्रियामा बोल्दै अध्यक्ष साहले हाले सम्पन्न उपनिर्वाचनको मतपरिणामले स्पष्ट रुपमा कांग्रेसको पतन देखाएको जीकिर गर्दै मधेशमा मात्र नभइ सिंगो देशमै कांग्रेसको जनाधार खस्किएको बताए । उनले २०७४ मा सम्पन्न विर्वाचनको मतपरिणामको तुलनामा कांग्रेसको नतिजा तल खस्किएकाले जनताले कांग्रेसलाई नरुचाएको दाबी गरे ।

अध्यक्ष साहले भने, “ गत हप्ता सम्पन्न उपनिर्वाचनको नतीजा यहाँहरुले हेर्न सक्नुहुन्छ । कांग्रेसले २०७४ सालको निर्वाचनभन्दा पनि कमजोर नतिजा ल्याएको छ । त्यतिबेला औसतमा ३३ प्रतिशत स्थानमा जितेको कांग्रेस अहिले २५ प्रतिशतमा सीमित भएको छ । यो कांग्रेसको पतनको सुरुवात हो ।“ उनले थपे, “नेकपाले गत निर्वाचनमा औसत ५५ प्रतिशत स्थानमा जितेको थियो थियो भने उपनिर्वाचनमा त्यो बढेर ६० प्रतिशत पुगेको छ । यसले स्पष्ट जनादेश दिएको छ कि नेपालमा कम्युनिष्टको विकल्प छैन् ।

विगतमा मुलुकमा वेथिति सृजनता गरेको कांग्रेस हाल विकास विरोधी भएको आरोप लगाउदै उनले भने, “कांग्रेस एजेन्डाबिहीन पार्टी भएकाले उसले निर्वाचनमा एउटा मात्र विषय उठायो । त्यो भनेको विभिन्न नाममा वर्तमान सरकारको विरोध गर्नु । जबकी वर्तमान सरकार जनताको लागि काम गरिरहेको तपाइ हामी स्वयमले अनुभव गरिरहेका छौँ । तर कांग्रेसले न त २०७४ को चुनावमा विकास र समृद्धिको विषयमा केही बोल्यो न हालैको उपनिर्वाचनमै केही बोल्यो । उसले विकास र समृद्धिको विरोध मात्र गरिरह्यो ।“

समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारमुक्त नेपाल जरुरी रहेको र त्यसका लागि कांग्रेस मुक्त नेपाल बनाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सयौँको संख्यामा स्थानीय एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : २३ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट