बहुदलीय व्यवस्था पुनर्स्थापनाको सम्झानामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता « Khabarhub

बहुदलीय व्यवस्था पुनर्स्थापनाको सम्झानामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०४६ सालको परिवर्तन तथा मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशनको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ ।

फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले नयाँ पुस्तालाई जनआन्दोलन तथा बहुदलीय व्यवस्था पुनःबहालीका बारेमा चिनाउन उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, विद्यार्थीलगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १२ : ०५ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा