जर्मनीले नेपालमा उर्जा सम्बन्धी प्रदर्शनी गर्दै | Khabarhub Khabarhub

जर्मनीले नेपालमा उर्जा सम्बन्धी प्रदर्शनी गर्दै


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित जर्मन राजदूतावासले ललितपुरमा उर्जासम्बन्धी १६ दिने प्रदर्शनी गर्ने भएको छ । ‘जर्मन उर्जा रुपान्तरण : जर्मनीको उर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी आगामी अप्रिल १२ बाट शुरु भई अप्रिल २६ सम्म चल्ने छ ।

जर्मन राजदूतावासले पत्रकार सम्मेलन गर्दै जर्मन अर्थतन्त्रको नवीकरणीय उर्जाको श्रोततर्फ स्थानान्तरणलाई केन्द्रमा राखरे उक्त प्रर्दशनी आयोजना गर्न लागेको जनाएको हो ।

जर्मन राजदूत रोनाल्ड साफरले सन् २०५० सम्म कार्बन न्यूट्रालिटीको उद्देश्यको अभियानमा जर्मनी नेतृत्वदायी भूमिकामा रहेको बताउँदै जलविद्युत र सौर्य उर्जा लगायतका क्षेत्रमा नेपालमा पनि नवीकरणीय उर्जाको ठूलो सम्भावना रहेको बताएका छन् ।

राजदूत साफरका अनुसार प्रदर्शनीका क्रममा नवीकरणीय उर्जाका चुनौतीका बारे पनि छलफल हुनेछ । उनले जलवायुमैत्री उर्जातर्फ नेपाल सरकारले चालेका कदमको सराहाना गर्न पनि प्रदर्शनीको आयोजना गरिएको बताए ।

जर्मन दूतावासले यस्ता प्रदर्शनी ३० भन्दा धेरै मुलुकका ८० भन्दा धेरै स्थानमा अन्तरक्रियात्मक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिएको जनाएको छ ।

प्रदर्शनीमा नेपाली र जर्मन नागरिकबीचको ६० वर्ष पुरानो मित्रतालाई पनि फोटो कथामार्फत देखाइने बताइएको छ ।

जर्मनीले नेपालका विभिन्न गाउँपालिका र शहरहरुमा नवीकरणीय उर्जाका प्रविधिलाई प्रोत्साहन गर्न ‘जीआईजेड’ कार्यक्रममार्फत् अल्टरनेटिक इनर्जी प्रोमोशन सेन्टर (एईपीसी) लाई सहयोग गर्दै आइरहेको जर्मन राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : ३५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न