जर्मनीले नेपालमा उर्जा सम्बन्धी प्रदर्शनी गर्दै « Khabarhub

जर्मनीले नेपालमा उर्जा सम्बन्धी प्रदर्शनी गर्दै


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित जर्मन राजदूतावासले ललितपुरमा उर्जासम्बन्धी १६ दिने प्रदर्शनी गर्ने भएको छ । ‘जर्मन उर्जा रुपान्तरण : जर्मनीको उर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी आगामी अप्रिल १२ बाट शुरु भई अप्रिल २६ सम्म चल्ने छ ।

जर्मन राजदूतावासले पत्रकार सम्मेलन गर्दै जर्मन अर्थतन्त्रको नवीकरणीय उर्जाको श्रोततर्फ स्थानान्तरणलाई केन्द्रमा राखरे उक्त प्रर्दशनी आयोजना गर्न लागेको जनाएको हो ।

जर्मन राजदूत रोनाल्ड साफरले सन् २०५० सम्म कार्बन न्यूट्रालिटीको उद्देश्यको अभियानमा जर्मनी नेतृत्वदायी भूमिकामा रहेको बताउँदै जलविद्युत र सौर्य उर्जा लगायतका क्षेत्रमा नेपालमा पनि नवीकरणीय उर्जाको ठूलो सम्भावना रहेको बताएका छन् ।

राजदूत साफरका अनुसार प्रदर्शनीका क्रममा नवीकरणीय उर्जाका चुनौतीका बारे पनि छलफल हुनेछ । उनले जलवायुमैत्री उर्जातर्फ नेपाल सरकारले चालेका कदमको सराहाना गर्न पनि प्रदर्शनीको आयोजना गरिएको बताए ।

जर्मन दूतावासले यस्ता प्रदर्शनी ३० भन्दा धेरै मुलुकका ८० भन्दा धेरै स्थानमा अन्तरक्रियात्मक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिएको जनाएको छ ।

प्रदर्शनीमा नेपाली र जर्मन नागरिकबीचको ६० वर्ष पुरानो मित्रतालाई पनि फोटो कथामार्फत देखाइने बताइएको छ ।

जर्मनीले नेपालका विभिन्न गाउँपालिका र शहरहरुमा नवीकरणीय उर्जाका प्रविधिलाई प्रोत्साहन गर्न ‘जीआईजेड’ कार्यक्रममार्फत् अल्टरनेटिक इनर्जी प्रोमोशन सेन्टर (एईपीसी) लाई सहयोग गर्दै आइरहेको जर्मन राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : ३५ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित