इटालियन ब्रान्ड नक्कल गरेको अभियोगमा चुइगम उद्योगी पक्राउ « Khabarhub

इटालियन ब्रान्ड नक्कल गरेको अभियोगमा चुइगम उद्योगी पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा । प्रहरीले इटालियन चुइगम कम्पनी परफेटी भेन इटलीको ब्रान्ड चोरेर नेपालमा उद्योग चलाएको भन्दै वीरगंजका उद्योगी निरञ्जन अग्रवाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अग्रवाललाई बिहीवार दिउँसो आदर्शनगरस्थित नेपाली चुइगम उद्योगबाट नै पक्राउ गरेको हो । अग्रवालले आफ्नो उद्योग स्वीट मार्ट इण्डष्ट्रिज प्रालिबाट ‘सेल्टर फ्रुट’ उत्पादन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार, अग्रवालको उद्योगले उत्पादन गर्ने सेल्टर फ्रुट ब्रान्डको चुइगमको रेपरमा इटालियन कम्पनीको भारतमा दर्ता रहेको परफेटी भेन मेले इन्डियाले उत्पादन गर्ने सेन्टर फ्रुट ब्रान्डको चुइगमको रेपर र मोनोग्राम नक्कल गरेको अनुसन्धानबाट खुलेको छ ।

अग्रवाललाई ब्रान्डको नक्कल र प्रतिलिपि अधिकार चोरीको अभियोगमा बौद्धिक सम्पत्ति चोरीको मुद्दा दायर गर्ने प्रहरीले बताएको छ । निरञ्जन अग्रवाल वीरगंजबाट पिंकी सुपारी उत्पादन गर्ने अरविन्द उद्योग प्रालिका तत्कालिन सञ्चालक हुन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ३ : १२ बजे

एआईमा भारतको लगानीः विशाखापट्टनममा ११ खर्ब डलरमा एआई केन्द्र बन्ने

नयाँ दिल्ली – भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको