रजस्वला हुँदा पेट दुख्छ ? यस्तो गर्नुस् « Khabarhub

रजस्वला हुँदा पेट दुख्छ ? यस्तो गर्नुस्


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रजस्वला (महिनावारी) को समयमा धेरै किशोरी तथा महिलाको तल्लो पेट र ढाड दुख्ने समस्या हुन्छ । यहि समस्याका कारण रजस्वला भएको समयमा महिलाहरु आफ्नो दैनिक काम समेत सहज रुपमा गर्न सक्दैनन् ।

रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सुक्ष्म रक्त नलीहरुमा फैलन बन्द हुन्छ । जसले गर्दा पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह फुट्न गइ महिलामा रजस्वला हुन्छ ।

रजस्वला हुँदा हुने समस्या

– तल्लो पेट दुख्ने,

– ढाड दुख्ने,

– स्तन कडा हुने,

– दुख्ने कब्जियत हुने,

–  थकित महसुस हुने,

– मांसपेशीहरु दुख्ने,

– अनुहारमा डन्डीफोर आउँने,

–  खान मन नलाग्ने,

–  मानसिक तनाव बढ्ने ।

रजस्वलाको समयमा यस्ता समस्या देखिएमा घरेलु उपायबाट पनि समस्यालाई कम गर्न सकिन्छ ।

रजस्वला हुँदा पेट दुखे यस्तो गर्नुस्

– तल्लो पेटमा हलुकासँग मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ,

– तातो पानी रबरको थैली वा बोतलमा राखेर सक्ने,

– ऐंसेलुको पात र अदुवाको धूलो राखेको तातो चिया वा पानी पिउने,

– अत्यधिक रक्तस्राव भएका स्वास्थ्यकर्मीको परामर्शमा औषधि सेवन गर्ने,

– रजस्वलाको समयमा महिलाहरुमा मानसिक चिन्ता, तनावको समस्या आउँन सक्छ,

– कमजोर महसुस भएका आराम पनि गर्नुपर्छ,

– आफूलाई असहज लाग्ने काम गर्नुहुँदैन,

– रजस्वला प्राकृतिक अवस्था भएकाले रजस्वलाको समयमा हुने चिन्ता हटाउन नियमित योगा, प्राणायाम तथा व्यायाम गर्नुपर्छ ।

रजस्वलाको समयमा अत्यधिक रक्तस्राव बाहेका अन्य लक्षणहरु सामान्य हुन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ०२ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय