स्पेनको राजदूतका लागि पासाङ ल्ह्यामुकी छोरी दावाफुटी अनुमोदित « Khabarhub

स्पेनको राजदूतका लागि पासाङ ल्ह्यामुकी छोरी दावाफुटी अनुमोदित


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बन्ने भएकी छिन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिले शेर्पासँगै अन्य तीन जनाको नाम पनि राजदूतमा अनुमोदन गरेको हो ।

दावाफुटी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् । उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी हुन्।

‘राजदूत भनेपछि कपाल फुलेको मानिसको तस्बिर आउँछ। तपाईं त भर्खरको हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ,’ भन्ने एक सांसदको प्रश्नको जवाफमा दावाफुटीले आफूसँग अनुभव नभए पनि अग्रजहरूबाट सिक्दै जाने जवाफ दिएकी थिइन्।

२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको थियो ।  जसमा अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र थिए । समितिले चारै जनाको नाम अनुमोदन गरेको हो ।

अनुमोदित चारै जना नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय  केपी शर्मा ओली,  पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : २९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट