उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ- अध्यक्ष प्रचण्ड « Khabarhub

उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ- अध्यक्ष प्रचण्ड


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउने बताएका छन् ।

नेकपा कास्कीले  पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले छिन्न भिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई दुई पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

उनले पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही २४ गते भित्र टुङ्ग्याइने गरी लागि परेको पनि उनको भनाइ थियो ।

वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढङ्गले अगाडि बढाइरहेको भन्दै अध्यक्ष दाहालले केरुङ काठमाडौ, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताए ।

पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताए ।

प्रशिक्षण कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले लोकप्रिय नेता रवीन्द्र अधिकारीको गृह जिल्ला फेरि उदाहरणीय बन्नुपर्ने भन्दै सोको लागि विद्या भट्टराईलाई निर्विकल्प उम्मेद्वारको रुपमा पार्टीले अघि सारेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : १९ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक