नेकपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको रिपोर्टमाथि छलफल हुने « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको रिपोर्टमाथि छलफल हुने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सचिवालयकै निर्देशन अनुरुप आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइएको थियो ।

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ।

समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाइ समेटिएको छ ।

नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ।

दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर