सरकार-चिकित्सक जुहारीः एक–एकलाई कारबाही–सरकार, सामुहिक राजीनामा–चिकित्सक « Khabarhub

सरकार-चिकित्सक जुहारीः एक–एकलाई कारबाही–सरकार, सामुहिक राजीनामा–चिकित्सक


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले पनि चिकित्सकको आन्दोलनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । समाचारमा सरकार र चिकित्सकको जुहारी, मारमा विरामी आशयको समाचार छापेको छ ।

पत्रिकाले लेखेको छ– ‘सरकार भन्छः एकएकलाई कारबाही गर्छौं’, डाक्टर भन्छन्ः सामूहिक राजीनामा दिन्छौं’ । आफूहरुका माग पूरा नभए सामूहिक राजीनामा दिने गरी ७ सय डाक्टरको हस्ताक्षर संकलन भएको चिकित्सकहरूको भनाइ छ ।

यता स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डाक्टरहरु संघीयता विरुद्ध लागेको आरोप लगाएका छन् भने उता डाक्टरहरुले भने अहिले आन्दोलनमा १४ सय डाक्टर मात्र रहेको र माग पूरा नभए २२ हजार नर्स र अहेब पनि आउने चेतावनी दिएका छन् ।

डाक्टरहरुको आन्दोलने वीर अस्पतालको ओपीडी काउन्टरमै बिरामीहरु बास बस्न बाध्य भएका छन् । चिकित्सकको आन्दोलनको मुख्य आपत्ति भनेको समायोजनमा रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले यसपाली नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि शीर्षकमा विश्व बैंकको प्रक्षेपणको समाचार छापेको छ । विश्व बैंकले नेपालमा यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको छ । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि भएको उल्लेख गरिएको छ ।

त्यस्तै पत्रिकाले नयाँ प्रहरी ऐनको व्यवस्थाको विषयलाई पनि पहिलो पृष्ठमा ‘अब आन्तरिक प्रतिस्पर्धाबाट पनि डीएसपी’ शीर्षकमा समाचार छापेको छ ।

नेपाल प्रहरीको नायब उपरीक्षक पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ७ : १४ बजे

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग