प्रदेश सरकारहरुले विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने « Khabarhub

प्रदेश सरकारहरुले विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन् ।

खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकारहरुले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडबाडको बेलालाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमन सम्बन्धि कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरुको भनाइ छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य बस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौडामा दुध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिए ।

उनले चाडवाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोत, साधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गरे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य बस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिए । उनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुडाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गरे । उनले कर्णाली खाद्यन्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

यता, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाँड पर्वका बेला हुने मूल्यवृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । उनले चाडवाड बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले पनि चाँडबाँडको बेला उपभोक्तालाई मारमा नपार्ने गरी बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : ३९ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि