चलचित्र ऐन चाँडै आउने मन्त्री बाँस्कोटाको भनाइ « Khabarhub

चलचित्र ऐन चाँडै आउने मन्त्री बाँस्कोटाको भनाइ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन् ।

नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने बताए ।

उक्त ऐन प्राविधिक कारणले अझै संसद्मा पेश नगरिएको बताउँदै उनले भने, “केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठन नपर्ने सन्देश प्रवाह गरेका छन्, । मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठ्ने मानिस नेपाली हुनै सक्तैन ।”

देशको राष्ट्रियतालाई उचाइमा पुर्‍याउन कलाकार एकताबद्ध हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले सङ्घलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । सङ्घका अध्यक्ष रवीन्द्र खडका, कलाकार नीर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ५७ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका