नेकपा नेता रावलले संसद बैठकमा भने–राउतसँगको सहमति सच्याइयोस् « Khabarhub

नेकपा नेता रावलले संसद बैठकमा भने–राउतसँगको सहमति सच्याइयोस्


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश विखण्डनको माग गर्दै आएका सीके राउतसँग सरकारले गरेको सहमति त्रूटिपूर्ण रहेको भन्दै नेकपाकै सांसदले सच्चाउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद भीम रावलले विभिन्न समुदायलाई वार्तामा ल्याउनु र मूल प्रवाहमा ल्याउनु राम्रो र स्वागत योग्य कुरा भएपनि त्यसमा प्रयोग भएको भाषामा आपत्ति जनाए ।

उनले सहमतिमा प्रयोग भएका भाषा नेपालको संविधानअनुकूल नभएको दाबी गरे ।

‘सरकारले सीके राउतसँग सहमति गरेको थाहा पायौं । विभिन्न समुदायलाई वार्तामा ल्याउनु र मूल प्रवाहमा ल्याउनु राम्रो र स्वागत योग्य कुरा हो’ रावलले संसद बैठकमा भने,‘त्यो सहमतमिा प्रयोग गरिएका शव्दहरु नेपालको संविधान अनुकुल छैनन् । नेपालको स्वाधिनता र स्वतन्त्रताको प्रतिकुल छ ।’

सांसद रावलले संविधानको धारा पाँचमा राष्ट्र हित प्रतिकुलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय भएको बताए ।

‘सीके राउतले नेपालको एकता अखण्डताका विरुद्धमा सकेसम्म विष वमन गर्नुभएको छ’ रावलले भने,‘ दुखका साथ भन्नु पर्छ उहाँले राष्ट्रिय सभामा गरेको सहमतिमा कतै पनि आफूले विगतमा देशको विरुद्धमा ओकलेका विषहरु फिर्ता लिएँ भन्नु भएको छैन ।’

नेता रावलले राउतसँगको सहमतिमा भएको त्रुटीहरु सच्चाउन माग गरे ।

‘सरकारले एउटा वक्तव्य जारी गरेर नेपाल राष्ट्रको एकता र स्वतन्त्रतामा आजसम्म भनेका कुरा फिर्ता गरेका छन् भन्नु प¥यो र चन्द्रकान्त राउतले आज उप्रान्त नेपालको संविधानलाई आत्मसाथ गरेर नेपालको स्वाधिता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान तयार छु भनेर वक्तव्य जारी गर्नुपर्छ’ रावलले भने ।

संविधानमा स्वायत्तताको कुरा गरिएपनि कसैको लागि पनि स्वशासनको कुरा गर्न नसकिने रावलको भनाइ थियो ।

देशको स्वाधिनतालाई सुदृण गर्न विभिन्न पक्षसँग वार्ता र सहमति गर्नु सकारात्मक भएपनि सहमतिहरु संविधानसँग मेल खान्छन् भने त्यस्ता त्रुटिलाई सच्याउनुपर्ने रावलको भनाइ थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : ०४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा