उद्योगी एवं पूर्वसांसद गोल्छाको निधन « Khabarhub

उद्योगी एवं पूर्वसांसद गोल्छाको निधन


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति उपचारका क्रममा भारतमा ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी केही समयदेखि मृर्गौला रोगबाट पीडित थिए।

गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्।

स्व गोल्छा विसं २०६४ को संवधिानसभामा कांग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणज्यि महासङ्घका पूर्वउपाध्यक्षसमेत ररहेका स्व गोल्छा नेपालको औद्योगकि क्षेत्रमा एक सम्मानति व्यक्तत्वि थिए । गोल्छाको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ५१ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण