धरानमा डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारले छुट्यायो ८० लाख « Khabarhub

धरानमा डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारले छुट्यायो ८० लाख


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको धरानमा देखा परेको डेंगु रोगका प्रभावितको उपचारका लागि १ नम्बर प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, रोग फैलिन नदिन थप ३० लाख रुपैयाँ विनियोजना गरिएको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

डेंगुको प्रकोप बढ्दै गएपछि धरानको ८ र १५ नम्बर वडालाई डेंगु संकटग्रस्त क्षेत्र समेत घोषणा गरिएको छ ।

धरानमा अहिले करिक २ सय २० जना व्यक्ति डेंगुबाट प्रभावित रहेका जनाइएको छ । डेंगु रोग प्रभावितहरुको धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

धरानमा डेंगुको प्रकोपट बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्थलगत अनुगमन गरेको थियो । मन्त्रालयको अनुगमन पछि डेंगु नियन्त्रणमा लागि थप प्रभावकारी कदम चालिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ४५ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर