‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनबाट थालियो « Khabarhub

‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनबाट थालियो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन शुरु भएको छ । निर्माण टिमका अनुसार यो फिल्मको छायांकन लण्डनबाट शुरु भएको हो ।

झण्डै पचास दिनको सेडुअलमा फिल्म युनिट कलाकारका साथमा लण्डन उडेको थियो । क्यामेरा पूजा गर्दै शुरु भएको छायांकनमा पहिलो शट पूजा शर्मा र सोनम तोप्देनले दिएका थिए ।

तस्वीर – निर्माण टिम

आकाश श्रेष्ठ, गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायतका कलाकारको पनि अभिनय रहने यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन लण्डनपछि स्कटल्याण्ड र वेल्समा समेत हुनेछ । नेपालमा यो फिल्म मुस्ताङमा छायांकन हुने निर्माण टिमले बताएको छ ।

फिल्ममा अमित बस्नेतको लगानी छ । फिल्ममा कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् भने चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण रहेको छ ।

चलचित्रलाई त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : २९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा