बंगलादेशमा ‘बुलबुल’ आँधीको प्रभाव : ४ लाख मानिसलाई सुरक्षित स्थान सारियो « Khabarhub

बंगलादेशमा ‘बुलबुल’ आँधीको प्रभाव : ४ लाख मानिसलाई सुरक्षित स्थान सारियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेश- बंगलादेशमा बुलबुल नामक आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।

आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले कुल १८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिने जनाएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् ।

पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ३७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको