‘पानीपत’ को ट्रेलर हेरेर भड्किए अफगानिस्तानी दर्शक ! « Khabarhub

‘पानीपत’ को ट्रेलर हेरेर भड्किए अफगानिस्तानी दर्शक !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘पानीपत’ ले अफगानिस्तानमा बहस सिर्जना गरेको छ । फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक भएपछि अफगानिस्तानी शासक अहमद शाह अब्दालीको भूमिकालाई लिएर विवाद भएको हो ।

डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सञ्जय दत्तले अहमद शाह अब्दालीको भूमिका निभाएका छन् । यो फिल्म सन् १७६१ मा अब्दाली फौज र मराठा सेनाबीच भएको पानीपतको ऐतिहासिक लडाइँमा आधारित छ ।

अफगानिस्तानी दर्शकले ‘पानीपत’ फिल्ममा अहमद शाहलाई खलनायकका रुपमा नदेखाउन भनेका छन् । सामाजिक सञ्जालमार्फत अफगानिस्तानीले अहमद शाह आफ्नो देशका हिरो भएको बताएका छन् ।

उनलाई अफगानिस्तानका जनताले हिरोका रुपमा हेर्ने गर्छन् । साथै उनलाई ‘अहमद शाह बाबा’ पनि भन्ने गर्छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘डियर बलिउड, म अफगानिस्तानबाट हुँ, सञ्जय दत्त मलाई मन पर्ने अभिनेता हुन्, मलाई विश्वास छ कि फिल्ममा अहमद शाह दुर्रानीको कुनै अपमान गरिएको छैन ।’

सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन लगायतको शीर्ष भूमिका रहेको यो फिल्मको यतिबेला चर्चा छ । फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : १९ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,