सुहाना र मलिकाले दर्शकको मन जित्लान् ? « Khabarhub

सुहाना र मलिकाले दर्शकको मन जित्लान् ?


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबारदेखि दुई फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछन् । दुवै फिल्मले दर्शकमाझ एक किसिमको क्रेज बनाउन सफल भएका छन् । फिल्मका कारण युवापुस्तामाझ लोकप्रिय दुई अभिनेता अनमोल केसी र सलिनमान बनियाको राम्रो चर्चा छ ।

अर्कातिर दुई फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका डेब्यु नायिका सुहाना थापा र मलिका महतको पनि चर्चा छ । दर्शकमाझ रिलिजअघि राम्रो छाप छोडेका छन् । यी दुवै नायिकाका लागि दुवै डेब्यु फिल्म हुन् । तर, के यी दुई क्युट गर्लले फिल्म क्षेत्रमा आफ्नो छाप छाड्लान् ?धेरैलाई लागिरहेको छ ।

सुहाना थापा

झरना थापाकी छोरी सुहाना थापाले आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यु गर्दैछिन् । यो फिल्म सुहानाका लागि विशेष फिल्म पनि हो ।
इन्स्टाग्राममा तस्वीरहरु अपलोड गर्ने मलिकाको ‘क्युटनेस’को फिल्म क्षेत्रमा चर्चा भइरहेको छ । अभिनय कस्तो गरेकी छिन्, त्यसअनुसार मलिकाको करिअर फिल्म क्षेत्रमा बन्दै जाने पक्का छ । सानैदेखि फिल्म अभिनयप्रति झुकाव राख्ने मलिकालाई यो फिल्मबाट अपेक्षा भने ठूलै छ ।

ट्रेलर र गीतबाट राम्रै प्रतिक्रिया पाएका यी दुई नायिकाले फिल्ममा आफूहरुले राम्रो अभिनय गरेको बताउँदै आइरहेका छन् । अब अभिनय कस्तो गरेका छन्, र अगाडिको फिल्मी करिअर कस्तो बन्दै जाला भन्ने त दर्शकले नै निर्णय गर्ने कुरा हो । दुवै फिल्मको दर्शकमा भने राम्रै अपेक्षा छ ।

मलिका महत ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ४ : १५ बजे

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा