कुन-कुन राशि भएका व्यक्तिहरुबीच विवाह गर्दा हुन्छ उत्तम ? | Khabarhub Khabarhub

कुन-कुन राशि भएका व्यक्तिहरुबीच विवाह गर्दा हुन्छ उत्तम ?


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अझै पनि जन्मपत्रिका अर्थात जन्म कुण्डली हेरेर मात्र विवाह गर्ने प्रचलन रहेको पाइन्छ । दुलाहा दुलहीको ग्रहफल, राशि हेराउँदा उत्तम समय कहिले छ भन्ने निर्धारण गरी सोही अनुरुप विवाह गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार राशि अनुसार प्रत्येक व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ । त्यसैले कुनैपनि जोडी बाध्नु अघि राशि जुराउनु पनि महत्वपूर्ण मानिन्छ । ज्योतिषशास्त्र अनुसार कुन राशिका व्यक्तिको सम्बन्ध कुन राशिसँग उत्तम हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ –

कन्या र मकर
कन्या र मकर राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुन्छन् । यीनिहरु आपसमा कहिलै पनि झुटो बोल्दैनन् । ज्यातिषी मान्यता अनुसार, यीनीहरुको सम्बन्ध पनि एकदमै बलियो हुने गर्छ ।

मिथुन र तुला
मिथुन र तुला राशि भएका जोडी ज्योतिष शास्त्रअनुसार, एकदमै राम्रो मानिन्छ ।

मेष र कुम्भ
ज्योतिष शास्त्र अनुसार, यी दुई राशि भएका जोडी एकअर्काप्रति निकै नै आकर्षित हुने गर्छन् । दुबै जना प्रत्यक समय जसो नै एक अर्कासँग साथमा रहन मन पराउँछन् ।

सिंह र तुला
यदी सिंह र तुला राशि भएका व्यक्तिहरुको जोडी भयो भने यीनिहरु सामाजिक रुपमा जोडीन मन पराउने खालका हुन्छन् । उनीहरु जहिले पनि मानिसका बीचमा मुख्य आकर्षकका रुपमा देखिने गर्दछन् ।

वृष र वृश्चिक
वृष र वृश्चिक राशि भएका व्यक्तिका बीचमा कहिल्यै पनि नेतृत्वका विषयमा कुनै झगडा हुँदैन् । उनीहरु एक अर्काको निर्णयको सम्मान गर्ने गर्दछन् ।

सिंह र धनु
धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएका व्यक्तिको आत्मविश्वास मन पर्ने गर्छ । यी दुबैले एक अर्कालाई सहयोग गर्ने गर्दछन् ।

मिथुन र कुम्भ
यी दुई राशि भएका व्यक्ति एक अर्काप्रति निकै आकर्षक हुने गर्दछन् । यतिमात्र होइन, यीनीहरु जीवनमा आइपर्ने हरेक उतावचडाव सँगै मिलेर पार गर्ने गर्दछन् ।

वृष र कन्या
ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार यी दुई राशि भएका व्यक्तिलाई घर परिवार आवश्यक हुने गर्दछ । त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई बुझ्ने खालका हुन्छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ५६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको