पशुपति समाधिस्थलमा सिमेन्टको संरचना निर्माणमा रोक लाउन माग « Khabarhub

पशुपति समाधिस्थलमा सिमेन्टको संरचना निर्माणमा रोक लाउन माग


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले बुधबार पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताए ।

“अरु देशमा शव गाड्नेले आफैँ जमिन किन्छन्, यसरी किनिएको जमिन पनि ५० वर्षसम्मलाई हुन्छ, यस्तो मैले इटाली भ्रमणमा जाँदा पनि देखेको थिएँ, आर्यघाट र भष्मेश्वर घाटमा दाउराबाट शव जलाउँदासमेत प्रदूषण फैलिएकाले विद्युतीय शवदाह गृहबाट जलाउन प्रोत्साहन गरिनुपर्छ”, उनले भने ।

पशुपति क्षेत्रमा सफाइ कर्मचारी सङ्ख्या बढाएर पर्यटकलाई आऊँ आऊँ लाग्ने बनाउनुपर्ने सुझाव पनि नेता नेपालले दिए । विश्वका एक अर्ब हिन्दूले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको उल्लेख गर्नुहुँदै उनले तिनलाई आकर्षित गर्न सके नेपालको धार्मिक पर्यटन प्रवर्द्धन हुने बताए ।

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पशुपति क्षेत्रमा शव गाडेर सिमेन्टको संरचना बनाएर कुरूप बनाउनु नहुने विचार राखे । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने नाङ्गा एवं गाँजा, भाङ र धतुरो खानेलाई पनि रोक लगाउनुपर्ने उनको भनाइ थियो ।

सांसद मोहन बानियाँले पशुपति क्षेत्रको पूर्वाधार निर्माण एकद्वार नीतिअन्तर्गत कोषले मात्र निर्माण एवं सम्पदा संरक्षणको काम गर्नुपर्ने बताए । पशुपति क्षेत्रलाई मसानघाट बनाउन दिनुनहुने उनको विचार थियो । १ सय २५ जाति सबैलाई पशुपति क्षेत्रमा शव गाड्न दिए पशुपति क्षेत्रको सांस्कृतिक महत्व नै नष्ट हुने सांसद बानियाँको भनाइ थियो ।

सांसद नारदमुनि रानाले पशुपतिका मूलभट्ट एवं भट्टले शपथ खाने ११ शिवलिङ्ग व्यक्ति/व्यक्तिको घरभित्र रहेकाले तिनलाई कहिले मुक्त गरिने हो भनी प्रश्न गरे । भ्रमण वर्षलाई सहयोग पुग्ने गरी पशुपतिमा सूचना एवं जानकारी दिने व्यवस्था गर्न पनि उनले माग गरे ।

उपसमिति संयोजक सांसद सुजिता शाक्यले शौचालयमा पनि पुरातात्विक महत्वका उमामहेश्वरलगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न निर्देशन दिइन् । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गरी गुरुयोजना निर्माण गर्न पनि उनले सुझाव दिइन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ३ : ४९ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री