लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै | Khabarhub Khabarhub

लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो ।

लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौंला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । यो भन्दा पहिला दियालोबाट दिन गुजारियो, हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होस् भनेर सबै हामी स्थानीयवासी लागिपरेका छौँ ।”

रकम अभावले लम्बिएको विद्युत् निर्माणकार्यले वैशाखभित्र पूर्णता पाउने साना लद्युजलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । उनले भने, “एक नहर (कुलो)बाट विद्युत् उत्पादन पनि हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो ।” रु तीन करोड लागतको प्राविधिक अनुमानमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना साढे दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने भएपनि बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ ।

उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको उनले बताए । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम शुरु गरिएको हो । सांसद विकास कोषबाट रु ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा सङ्घ (फोरएस) जुम्लाबाट रु २० लाख, पातारासी गाउँपालिकाबाट रु ७५ लाख बजेट गरी रु एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करीव ५०० घरधुरीमा बिजुली पुर्‍याउने आयोजनाको उद्देश्य रहेको छ ।

बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरीद गर्न बाँकी नै छ । गाउँपालिकाले आयोजना निर्माणका लागि लगानी गर्ने आश्वासन दिएको छ । त्यसै रकमबाट बाँकी विद्युत् सामग्री खरीद गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुढाको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ४१ बजे

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त