दिल्लीको एक होटेलमा आगलागी, १७ जनाको मृत्यु « Khabarhub

दिल्लीको एक होटेलमा आगलागी, १७ जनाको मृत्यु


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक होटेलमा आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । दिल्लीको कारोलबाख क्षेत्रमा रहेको अरपित प्यालेस होटेलमा आगलागी भएको हो ।

घटनामा अरु ३४ जनाको उद्धार गरिएको स्थानीय अधिकारीले जनाएका छन् । आगलागीबाट ज्यान गुमाउनेमा एक जना बालक समेत रहेको बताइएको छ ।आगलागीका समयमा त्यहाँ म्यान्मारका पर्यटहरु पनि रहेकाले मारिनेमा उनीहरु पनि परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश धुवाँले सास फेर्न समस्या परेकाले निस्सासिएर मारिएको जनाइएको छ । यद्यपि एकजना महिला र बालक भने आगलागीबाट बच्न होटेलको पाचौँ तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको बताइएको छ । मंगलबार सबेरै अधिकांश पाहुनाहरु सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको हो ।

होटेल तथा अन्य भवनमा सामान्य सुरक्षा व्यवस्था पनि नहुने भएकाले भारतमा यस्ता दुर्घटनाबाट हरेक वर्ष सयौँ मानिसहरुको ज्यान जाने गर्छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ३५ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको