आज २०७६ असार २७ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७६ असार २७ गते शुक्रबारको राशिफल


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ असार २७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।
सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने  विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रामा पनि अवरोधको सम्भावना, खर्च बढ्ने छ ।

बृष

आज तपाईका लागि रमाइलो दिन छ । मस्तसँग समय व्यतित गर्नुस् । मान–सम्मान मिल्नेछ । अध्ययनमा सफलता ।

मिथुन

महत्वपूर्ण निर्णय नलिनुहोस्, जोखिम बढ्ने सम्भावना छ, महिला साथीबाट टाढै रहनुहोस् । पारिवारिक समस्या हट्नेछ ।

कर्कट

सही निर्णय लिनुस् । सही निर्णयले गन्तव्यमा पुग्न सफल हुनुहुनेछ । आकस्मिक लाभ हुनेछ । नयाँ कामको अवसर ।

सिंह

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अध्ययनमा बाधा, चोटपटक लाग्न सक्छ ।

कन्या

राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ।मानसिक चिन्ताले सताउनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ ।

तुला

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । काममा सफलता मिल्नेछ । अध्ययनमा रुची ।

बृश्चिक

आजको दिन तपाईका लागि अशुभ छ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारीको अबसर जुर्ला । धार्मिक आस्था बढ्ने ।

धनु

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । घरायसी कलह हट्नेछ ।

मकर

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । आँटेको काम पूरा होला ।

कुम्भ

कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बोलीमा प्रभाव बढ्ने ।

मीन

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । आर्थिक क्षेत्रको विवाद समाधान होला । मित्रजनबाट धोका हुन सक्छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : १३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी