नेकपाका दुई नेताबीच फेसबुकमा चर्काचर्की, सूर्य थापाले लेखे- दीपशिखाले अनुशासन सिकाउने ? « Khabarhub

नेकपाका दुई नेताबीच फेसबुकमा चर्काचर्की, सूर्य थापाले लेखे- दीपशिखाले अनुशासन सिकाउने ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरु फेसबुकमा एकअर्काविरुद्ध खरो रुपमा उत्रिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा) र अर्का केन्द्रीय सदस्य सूर्य थापाबीच फेसबुकमा चर्चाचर्की परेको हो ।

थापाले लेखेकाे स्टाटसलाई लिएर दिपशिखाले थापालाई पार्टीको जिम्मेवारी छोड्न चुनौती दिएका छन् । पार्टीको केन्द्रीय जस्तो जिम्मेवार व्यक्तिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति बारम्बार आक्रमण गरेको भन्दै त्यस्तो प्रकारको आक्रमण अब सैह्य नहुने बताएका छन् । उनले फेसबुकमार्फत पार्टी अनुशान नमान्नेले जिम्मेवारी त्याग गर्दा राम्रो हुने तर्क गरेका छन् ।

यही कुरालाई लिएर थापाले फेसबुकमा लेखेका छन् –

दिपशीखाले यस्तो लेखेका थिए

पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन,’ अध्यक्ष दिपशीखाले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’

हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो,’ उनले आफ्नो व्यक्तिगत विचार भन्दै केन्द्रीय सदस्य थापालाई सुझावका रुपमा भनेका छन्, ‘यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !’

प्रचण्डको अभिव्यक्तिमा थापाले के लेखे ?

नेकपाका नेता दिनानाथ शर्माको ‘झरीको शौन्दर्य’ नामक निबन्ध संग्रह विमोचनका अवसरमा प्रज्ञा भवन कमलादीको पुस्तकालयको सभाकक्षमा साउन २४ गते शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बोलेको विषयलाई लिएर थापाले व्यंग गर्दै आफ्नो सामाजिक संजालमा यस्तो स्टाटस राखेका थिए-

‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्व चाँहि मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।
म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसैबेला पनि शान्तिको पक्षधर नै थिएँ । भित्रभित्रै ! मने, बुद्धिदिनेहरुको सही बात बुझ्नुपर्छ ।

हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एकजना मनैदेखि शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसँग क्रम भंग गर्दै हामीहरु यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि !’ आजको क्रान्तिकारी तरंग र मनोदशा !!!

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : २९ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा