पृथकतावादीद्वारा यमनको आदेन शहर कब्जा « Khabarhub

पृथकतावादीद्वारा यमनको आदेन शहर कब्जा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– दक्षिणी यमनका पृथकतावादीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेन शहरको ठूलो हिस्सामा कब्जा जमाएका छन् ।

आइतबार भएको व्यापक भीडन्तपछि दक्षिणी यमनका पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल काउन्सिल एसटिसीका लडाकुहरुले आदेनको ठूलो हिस्सामा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि साउदी अरब नेतृत्वको गठबन्धनले पृथकतावादी समूहका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । हवाई आक्रमणसँगै साउदी अरबले उक्त समूहलाई आदेनबाट पछि हट्न चेतावनी दिएको थियो । तर, साउदी चेतावनीको बेवास्ता गर्दै एसटिसीका लडाकुले आदेनमा रहेका सरकारी कार्यालयहरु कब्जामा लिएका हुन् ।

एसटिसीले शिया लडाकु समूह हुथी विरुद्धको गठबन्धनप्रति आफ्नो समर्थन रहेको तथा साउदी अरबमा हुन लागेको हुथी विद्रोही विरुद्धको सम्मेलनमा समेत सहभागी हुने जनाएको छ । तर, आदेनबाट फिर्ता नहुने एसटिसीको भनाइ छ । दक्षिणी यमनलाई बेग्लै राज्य स्थापनाका लागि एसटिसी लडिरहेको छ ।

एसटिसीलाई यमनमा जारी युद्धमा साउदी अरबको रणनीतिक साझेदार संयुक्त अरब इमिरेट्स यूएईले एसटिसीलाई पैसा, हतियार तथा तालिम दिएर सहयोग गर्दै आएको छ ।

यता अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको सबैभन्दा ठूलो साझेदार साउदी अरबले भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्दरब्बु मन्सुर हादीप्रति आफ्नो समर्थन निरन्तर रहेको जनाएको छ । साउदी युवाराज मोहम्मद बिन सलमानले यमनी राष्ट्रपति अब्दरब्बु मन्सुर हादीसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ५५ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य