कुन अंगमा कोठी हुँदा भइन्छ भाग्यमानी ? « Khabarhub

कुन अंगमा कोठी हुँदा भइन्छ भाग्यमानी ?


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुने गर्दछ ।  कोठी भएको भागमा छालाको भन्दा भिन्न रंग अर्थात कालो थोप्ला जस्तो देखिन्छ ।

कोठीले शरीरको भाग अनुसार सानो आकारको भएमा मानिसलाई सुहाउँदो समेत देखाउँछ । शरीरमा भएका कोठी कै कारण कतिपय अवस्थामा मानिस सुन्दर र कामुक समेत देखिन्छन् ।

हस्तरेखा विज्ञानका अनुसार शरीरको निम्न भागमा कोठी छ भने ति व्यक्तिहरु निकै प्रतिष्ठित र भाग्यमानी हुने योग हुन्छ ।

१. यदि मानिसको खास अंगहरुमा कोठी आएको छ भने त्यसले उक्त मानिसलाई धनवान् बनाउने तथा सदैव शुभ हुने गर्दछ । खास अगंमा भएका कोठी शुभ मानिन्छन् । यि व्यक्तिहरुको प्रभाव सधै उच्चो हुने तथा सुखमय जीवन बित्ने योग हुन्छ ।

२. शास्त्र अनुसार कुनै मानिसको नाइटो वा त्यस आसपासमा कहीँ कोठी आएको छ भने उक्त कोठीलाई समेत निकै शुभ तथा लाभदायक मानिन्छ । यस्ता कोठी भएका मानिसमा शुभकर्म गर्ने उत्साह रहनुका साथै जीवन सुख र समृद्ध भएर बित्ने योग हुन्छ ।

३. यदि कुनै मानिसको शरीरको सबैभन्दा तल्लो भाग अर्थात खुट्टाको औलाको मुनि र विशेषतः पैतालामा कोठी आएको छ भने उक्त कोठीलाई सम्पन्नताको प्रतिक मानिन्छ । पैतालाका औलामा आएको कोठीले मानिसलाई मानसम्मान पाउने गन्यमान्य व्यक्तिका रुपमा स्थापित गर्दछ ।

४. यदि कुनै मानिसको कानमा कोठी आएको छ भने ति मानिसहरु भविष्यमा निकै बुद्धिमानि तथा शैक्षिक उपाधिबाट विशिष्ठ पद पाउने व्यक्ति हुनेछन् । कानको कोठीले व्यक्तिलाई ज्ञानी बनाउने विश्वास गरिन्छ । यस्ता कोठी भएका व्यक्तिले ज्ञान र बुद्धिको प्रयोगबाट धन आर्जन गर्नेछन् ।

५. यदि कसैको ढाड पछाडि कोठी छ भने ति व्यक्तिहरु ठूला–ठूला सपना देख्ने महत्वकांक्षी स्वभावका हुन्छन् । उनीहरु सम्पत्तिका भोका हुन्छन् । उनीहरु धन कमाए पनि त्यसलाई बचत गर्नुको साटो खर्च गर्न उद्दत हुन्छन् । उनीहरुको जिवन विलासीतामै बित्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : २१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज