कुन अंगमा कोठी हुँदा भइन्छ भाग्यमानी ? « Khabarhub

कुन अंगमा कोठी हुँदा भइन्छ भाग्यमानी ?


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुने गर्दछ ।  कोठी भएको भागमा छालाको भन्दा भिन्न रंग अर्थात कालो थोप्ला जस्तो देखिन्छ ।

कोठीले शरीरको भाग अनुसार सानो आकारको भएमा मानिसलाई सुहाउँदो समेत देखाउँछ । शरीरमा भएका कोठी कै कारण कतिपय अवस्थामा मानिस सुन्दर र कामुक समेत देखिन्छन् ।

हस्तरेखा विज्ञानका अनुसार शरीरको निम्न भागमा कोठी छ भने ति व्यक्तिहरु निकै प्रतिष्ठित र भाग्यमानी हुने योग हुन्छ ।

१. यदि मानिसको खास अंगहरुमा कोठी आएको छ भने त्यसले उक्त मानिसलाई धनवान् बनाउने तथा सदैव शुभ हुने गर्दछ । खास अगंमा भएका कोठी शुभ मानिन्छन् । यि व्यक्तिहरुको प्रभाव सधै उच्चो हुने तथा सुखमय जीवन बित्ने योग हुन्छ ।

२. शास्त्र अनुसार कुनै मानिसको नाइटो वा त्यस आसपासमा कहीँ कोठी आएको छ भने उक्त कोठीलाई समेत निकै शुभ तथा लाभदायक मानिन्छ । यस्ता कोठी भएका मानिसमा शुभकर्म गर्ने उत्साह रहनुका साथै जीवन सुख र समृद्ध भएर बित्ने योग हुन्छ ।

३. यदि कुनै मानिसको शरीरको सबैभन्दा तल्लो भाग अर्थात खुट्टाको औलाको मुनि र विशेषतः पैतालामा कोठी आएको छ भने उक्त कोठीलाई सम्पन्नताको प्रतिक मानिन्छ । पैतालाका औलामा आएको कोठीले मानिसलाई मानसम्मान पाउने गन्यमान्य व्यक्तिका रुपमा स्थापित गर्दछ ।

४. यदि कुनै मानिसको कानमा कोठी आएको छ भने ति मानिसहरु भविष्यमा निकै बुद्धिमानि तथा शैक्षिक उपाधिबाट विशिष्ठ पद पाउने व्यक्ति हुनेछन् । कानको कोठीले व्यक्तिलाई ज्ञानी बनाउने विश्वास गरिन्छ । यस्ता कोठी भएका व्यक्तिले ज्ञान र बुद्धिको प्रयोगबाट धन आर्जन गर्नेछन् ।

५. यदि कसैको ढाड पछाडि कोठी छ भने ति व्यक्तिहरु ठूला–ठूला सपना देख्ने महत्वकांक्षी स्वभावका हुन्छन् । उनीहरु सम्पत्तिका भोका हुन्छन् । उनीहरु धन कमाए पनि त्यसलाई बचत गर्नुको साटो खर्च गर्न उद्दत हुन्छन् । उनीहरुको जिवन विलासीतामै बित्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : २१ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको