मंगलबार पनि सकिएन आलममाथिको थुनछेक बहस « Khabarhub

मंगलबार पनि सकिएन आलममाथिको थुनछेक बहस


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको आरोप लागेका कांग्रेस नेता मोहम्म अफताव आलममाथिको थुनछेक बहस अझै लम्बिने भएको छ ।

गत बुधबारदेखि शुरु भएको थुनछेक बहसको छैटौं दिन आलमका पक्षबाट ३ जना कानून व्यवसायीले बहस गरे ।

आलमको पक्षबाट बहस गर्न भनेर २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

आलमको तर्फबाट सोमबार र मंगलबार गरी ७ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले मंगलबार पनि बहस नसकिएका कारण बुधबार १० बजे उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा फिर्ता पठाइएको बताए ।

वकालतनामा लेखाएका सबै कानून व्यवसायीले बहस गर्ने समय लिए बिहीबारसम्म बहस लम्बिने अदालत स्रोतले जानकारी दियो । वकालतनामा दर्ता गराएकामध्ये अझै पनि करिब २१ जना कानून व्यवसायीहरुले बहस गर्न बाँकी छ ।

आलमको पक्षका वकिलहरुले बहस गरिसकेपछि सरकारी वकिलको तर्फबाट पनि प्रतिबहस हुने छ ।

आलममाथि २७ जेठ २०६४ मा विस्फोटक पदार्थको प्रयोग गरी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुर गरेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । अभियोग पत्रमा आलमसहित १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरिएको छ भने अर्का एकलाई घटनाको मतियारका रुपमा प्रस्तुत गरी सोहीअनुसारको सजायको मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५२ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री