नेकपाको सचिवालय बैठक आज « Khabarhub

नेकपाको सचिवालय बैठक आज


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।

उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आआफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।

प्राप्त प्रतिवेदनमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । मंसिर २३ गतेको बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो ।

सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चले पनि पूर्णता दिइनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै