बजार अनुगमन– खानै नमिल्ने तेलमा चिकेन फ्राईदेखि मिठाई भण्डारमा सिलसम्म | Khabarhub Khabarhub

बजार अनुगमन– खानै नमिल्ने तेलमा चिकेन फ्राईदेखि मिठाई भण्डारमा सिलसम्म


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाइएको हो ।

चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाईएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ । त्यसैगरी संगै संञ्चालित सेल्सबेरी डिपार्टमेण्ट स्टोरका खाद्य सामाग्रीहरु पनि गुणस्तरहिन पाइएको छ । फापरको पीठो, पिउने पानी, तेल, जाम लगायत सामाग्री गुणस्तरयुक्त नपाइएपछि विभागले सेल्सबेरी डिपार्टमेण्ट स्टोरको उत्पादन तथा बिक्रिवितरणमा रोक लगाएको छ ।

त्यसैगरी बालाजु माछापोखरीस्थित सूर्यदेव मिठाई पसललाई भने अनुगमन टोलीले सिल गरेको छ । कानुनी प्रक्रिया पुरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमी र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि, पत्रकार सहित राजधानीको बालाजु, सितापाईला लगायत क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थलगतरुपमा नै खाद्य परीक्षणका लागि मोबाईल प्रयोगशाला भ्यान प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ४१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने