बजार अनुगमन– खानै नमिल्ने तेलमा चिकेन फ्राईदेखि मिठाई भण्डारमा सिलसम्म « Khabarhub

बजार अनुगमन– खानै नमिल्ने तेलमा चिकेन फ्राईदेखि मिठाई भण्डारमा सिलसम्म


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाइएको हो ।

चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाईएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ । त्यसैगरी संगै संञ्चालित सेल्सबेरी डिपार्टमेण्ट स्टोरका खाद्य सामाग्रीहरु पनि गुणस्तरहिन पाइएको छ । फापरको पीठो, पिउने पानी, तेल, जाम लगायत सामाग्री गुणस्तरयुक्त नपाइएपछि विभागले सेल्सबेरी डिपार्टमेण्ट स्टोरको उत्पादन तथा बिक्रिवितरणमा रोक लगाएको छ ।

त्यसैगरी बालाजु माछापोखरीस्थित सूर्यदेव मिठाई पसललाई भने अनुगमन टोलीले सिल गरेको छ । कानुनी प्रक्रिया पुरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमी र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि, पत्रकार सहित राजधानीको बालाजु, सितापाईला लगायत क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थलगतरुपमा नै खाद्य परीक्षणका लागि मोबाईल प्रयोगशाला भ्यान प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ४१ बजे

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

कमलामाई (सिन्धुली)- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत