चट्याङ लागेर खोटाङमा आठ जना घाइते | Khabarhub Khabarhub

चट्याङ लागेर खोटाङमा आठ जना घाइते


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चट्याङ– हावाहुरी र असिना पानीसँगै परेको चट्याङ लागेर खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।

उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ०४ बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति