सगरमाथा क्षेत्र घुम्न गएका फ्रान्सेली नागरिकको मृत्यु « Khabarhub

सगरमाथा क्षेत्र घुम्न गएका फ्रान्सेली नागरिकको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथा क्षेत्र घुम्न गएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

कात्तिक १९ खुम्बु क्षेत्र गएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा पुगेका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा मृत्यु भइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित