बंगलादेशका राष्ट्रपतिले भने– प्रचण्डको व्यक्तित्वबाट प्रभावित छु « Khabarhub

बंगलादेशका राष्ट्रपतिले भने– प्रचण्डको व्यक्तित्वबाट प्रभावित छु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को व्यक्तित्वबाट आफू प्रभावित भएको भन्दै प्रसंशा गरेका छन् ।

राष्ट्रपति हमिदले नेपालीको राजनीतिक परिवर्तनमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरेका हुन् ।

राष्ट्रपति हमिदले आफू प्रचण्डको ‘क्रान्तिकारी व्यक्तित्व र परिवर्तनकारी नेतृत्व’बाट प्रभावित भएको भन्दै प्रसंशा गरेका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

रिजालका अनुसार राष्ट्रपति हमिदले प्रचण्डलाई बंगलादेश भ्रमणको समेत निमन्त्रण दिएका छन् ।

२ नेताबीचको भेटवार्तामा नेपाल तथा बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र दुईपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते