सरकारको नयाँ अभियान: बैंकमा खाता खोल्नुहोस्, १०० रुपैयाँ पाउनुहोस् « Khabarhub

सरकारको नयाँ अभियान: बैंकमा खाता खोल्नुहोस्, १०० रुपैयाँ पाउनुहोस्


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले नयाँ वर्षको अवसर पारेर नयाँ अभियानको घोषणा गरेको छ । सरकारले आइतबारदेखि सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

आइतबार राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराअन्तर्गत सरकारले वित्तीय पहुँच, वित्तीय समावेशिता र वित्तीय साक्षरक्षा अविभृद्धि गर्न सबै नेपालीको बैंक खाता खोलाउने अभियान शुरु गरेको हो ।

सरकारले यो अभियानअन्तर्गत बैंक खाता खोल्ने नागरिकको खातामा १०० रुपैयाँ जम्मा गर्न पनि सबै वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरिसकेको छ ।

जसअनुसार अब वाणिज्य बैंकमा खाता खोल्दा बैंक आफैंले १०० रुपैयाँ जम्मा गरिदिने छ । बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै स्थानीय तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १२ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र