के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ? | Khabarhub Khabarhub

के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तमा फिल्म समीक्षकहरुले यो वर्षलाई सिनेमाको कालो वर्षका रुपमा विश्लेषण गरिरहँदा अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ हेर्न दर्शकको क्रेज देखिएको छ । कतिपयले यसलाई अनमोल केसीको क्रेजका रुपमा मात्र विश्लेषण गरिरहेका छन् । फिल्मले नकारात्मक समीक्षा पाए पनि दर्शकले भने यो फिल्ममा रुचि देखाएका छन् ।

शुक्रवार नै फिल्मको ओपनिङ राम्रो थियो भने बिहीवार भएको प्रिमियरमा फिल्म हेरेका कलाकारले तारिफ गरेका थिए । यता समीक्षकले भने यो फिल्मलाई ‘ठीकै’ भनेका छन् ।

समीक्षात्मक रुपमा गाली पाएको फिल्म आखिर किन चल्यो ? के अनमोलका कारणले फिल्म चलेको हो ? यी प्रश्नहरु सामान्य लागे पनि यतिबेला भने नेपाली फिल्मको बजार केलाउन गहन रुपमा सोच्नुपर्ने भएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको क्रेज देखिनुमा यसको नामले पनि प्रभाव पारेको छ । अर्कातिर यो फिल्म व्यावसायिक रुपमा नेपाली फिल्मका दर्शकले चाहेजस्तो बनेको छ । नेपाली फिल्म हेर्ने ठूलो समूह, जो स–साना कुरामा रमाउँछ । त्यो वर्गले फिल्म रुचाएको छ ।

अर्कातिर दर्शकले झरना थापाप्रति विश्वास गरेको मान्न सकिन्छ । यसअघि पनि सोही नाम गरेको फिल्मले राम्रो व्यापार गरेकाले यो फिल्म चलेको मान्न सकिन्छ । अर्कातिर फिल्मले रिलिजअघि सार्वजनिक गरेका गीत र ट्रेलरले पनि दर्शकको मन जितेको थियो । जसको फाइदा यो फिल्मलाई पुगेको छ ।

फिल्म चल्नुमा स्टारडम मात्र भएर हुँदैन भन्ने त अनमोलकै फिल्म ‘क्याप्टेन’ ले देखाइसकेको छ । तर, उनको मुख्य भूमिका रहेको यो फिल्मले भने दर्शकको ध्यान तानेको छ । अनमोल स्वय‌ंको क्रेज पनि देखिएको छ । अर्कातिर यही फिल्मबाट सुहानाले पनि बलियो सम्भावना देखाएकी छिन् ।

सम्रगममा ‘ए मेरो हजुर ३’ चल्नुमा पहिलो कुरा त दर्शकको स्वादअनुसार फिल्म बगेको छ । अर्कातिर अनमोल र सुहानाको जोडी पर्दामा सुहाएको देखिएको छ । फिल्मको मेकिङमा पनि निर्देशक झरनाले सक्दो प्रयास गरेकी छिन् । जसकारण दर्शकले फिल्म रुचाएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ५५ बजे

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।