के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ? | Khabarhub Khabarhub

के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तमा फिल्म समीक्षकहरुले यो वर्षलाई सिनेमाको कालो वर्षका रुपमा विश्लेषण गरिरहँदा अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ हेर्न दर्शकको क्रेज देखिएको छ । कतिपयले यसलाई अनमोल केसीको क्रेजका रुपमा मात्र विश्लेषण गरिरहेका छन् । फिल्मले नकारात्मक समीक्षा पाए पनि दर्शकले भने यो फिल्ममा रुचि देखाएका छन् ।

शुक्रवार नै फिल्मको ओपनिङ राम्रो थियो भने बिहीवार भएको प्रिमियरमा फिल्म हेरेका कलाकारले तारिफ गरेका थिए । यता समीक्षकले भने यो फिल्मलाई ‘ठीकै’ भनेका छन् ।

समीक्षात्मक रुपमा गाली पाएको फिल्म आखिर किन चल्यो ? के अनमोलका कारणले फिल्म चलेको हो ? यी प्रश्नहरु सामान्य लागे पनि यतिबेला भने नेपाली फिल्मको बजार केलाउन गहन रुपमा सोच्नुपर्ने भएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको क्रेज देखिनुमा यसको नामले पनि प्रभाव पारेको छ । अर्कातिर यो फिल्म व्यावसायिक रुपमा नेपाली फिल्मका दर्शकले चाहेजस्तो बनेको छ । नेपाली फिल्म हेर्ने ठूलो समूह, जो स–साना कुरामा रमाउँछ । त्यो वर्गले फिल्म रुचाएको छ ।

अर्कातिर दर्शकले झरना थापाप्रति विश्वास गरेको मान्न सकिन्छ । यसअघि पनि सोही नाम गरेको फिल्मले राम्रो व्यापार गरेकाले यो फिल्म चलेको मान्न सकिन्छ । अर्कातिर फिल्मले रिलिजअघि सार्वजनिक गरेका गीत र ट्रेलरले पनि दर्शकको मन जितेको थियो । जसको फाइदा यो फिल्मलाई पुगेको छ ।

फिल्म चल्नुमा स्टारडम मात्र भएर हुँदैन भन्ने त अनमोलकै फिल्म ‘क्याप्टेन’ ले देखाइसकेको छ । तर, उनको मुख्य भूमिका रहेको यो फिल्मले भने दर्शकको ध्यान तानेको छ । अनमोल स्वय‌ंको क्रेज पनि देखिएको छ । अर्कातिर यही फिल्मबाट सुहानाले पनि बलियो सम्भावना देखाएकी छिन् ।

सम्रगममा ‘ए मेरो हजुर ३’ चल्नुमा पहिलो कुरा त दर्शकको स्वादअनुसार फिल्म बगेको छ । अर्कातिर अनमोल र सुहानाको जोडी पर्दामा सुहाएको देखिएको छ । फिल्मको मेकिङमा पनि निर्देशक झरनाले सक्दो प्रयास गरेकी छिन् । जसकारण दर्शकले फिल्म रुचाएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ५५ बजे

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

बुटवल – खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल

काठमाडौं – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट

नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा

कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक

काठमाडौं – कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को