भानुजयन्तीमा असारे लोकसाहित्य « Khabarhub

भानुजयन्तीमा असारे लोकसाहित्य


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसर पारेर असारे लोकसाहित्य विशेष कार्यक्रम आयोजना गरेको छ ।

समाजको २०९औँ मासिक साहित्यिक शृङ्खलाअन्तर्गत भएको कार्यक्रममा आदिकवि भानुभक्तसम्बन्धी छन्द र गद्यमा रचना वाचन गरिएको थियो । वाचन गरिएका कविता सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म प्रचलित असारे लोक साहित्यमा आधारित थियो ।

कार्यक्रममा सँगिनी बचत तथा ऋण सहकारीका महिला र अभिनवका शारदा पराजुली, मेनका आचार्य, डिल्लीप्रसाद मुलतिहुन, परशुराम पराजुली र घनश्याम प्रसाईंसमेतको सहभागितामा पूर्वमा लोकप्रिय सँगिनी गायन तथा नृत्य प्रस्तुत गरियो ।

रेडियो नेपालमा गायन गरिरहेका टङ्क केसी, माधवप्रसाद दाहालले समेत असारे लोक गायन प्रस्तुत गरेका थिए। हुम्लाकी लक्ष्मी ऐडीले कर्णाली अञ्चलमा प्रचलित असारे गीत, रामबहादुर थापा, सुशील आचार्य र सिन्धुपाल्चोककी मनकुमारी अर्यालले उपत्यका तथा वाग्मती अञ्चलमा प्रचलित असारे गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा साहित्यकार डा जीवेन्द्रदेव गिरीले भानुभक्त र उनको रामायणले समाजमा पारेको प्रभावका बारेमा चर्चा गर्दै लोक साहित्यको समन्वय गराउने काम अभिनवले गरेको बताए । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले कार्यक्रमको समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५४ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको