युरोपमा यी ४ हिरोको ‘लप्पन छप्पन’ « Khabarhub

युरोपमा यी ४ हिरोको ‘लप्पन छप्पन’


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला युरोपका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘लप्पन छप्पन २’ को राम्रै चर्चा छ । खासै सफल बन्न नसकेको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेलका रुपमा निर्माण हुन लागेको यो चलचित्रको चर्चा हुनुको कारण कलाकार नै हुन् ।

अभिनेता दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल र अनुपविक्रम शाहीलाई एकै फ्रेममा कैद गरेर एक तस्वीर सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा चारैजना हिरोलाई आ–आफ्नै लूकमा देख्न सकिन्छ ।

शीर्ष भूमिकामा रहेका सौगात मल्लको लूक पहिलेको भन्दा फरक देखिन्छ । उनले ठूलो कपाल पालेका छन् । यस्तै अनुपविक्रम शाहीलाई पनि फरक भूमिकामा देख्न सकिन्छ ।

मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्ममा यी अभिनेताका अलावा सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गरिरहेको यो फिल्म युरोप तथा अस्ट्रेलिया समेत छायांकन गरिनेछ । फागुन ९ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो फिल्म सस्पेन्स एक्सन जानरामा निर्माण हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ५६ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन