नेप्से परिसूचक दोहोरो अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार राधी विद्युत् कम्पनीका शेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका शेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ५ : २० बजे

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू