स्थानीय तहको उपनिर्वाचनका लागि २८१ को उम्मेदवारी, निर्वाचन चिह्न १ मंसिर « Khabarhub

स्थानीय तहको उपनिर्वाचनका लागि २८१ को उम्मेदवारी, निर्वाचन चिह्न १ मंसिर


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी १४ मंसिरका लागि तय उपनिर्वाचनअन्तर्गत स्थानीय तहका लागि रिक्त ४८ पदमा हुने उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा उपनिर्वाचनका लागि २१ कात्तिकमै उम्मेदवारी दर्ता गराइसकेको आयोगले बुधबारका लागि स्थानीय तहतर्फ उम्मेदवार मनोनयन दर्ता तोकेको थियो । स्थानीय तहतर्फ नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ४८ पद रिक्त रहेको आयोगले बताउँदै आएको छ ।

आयोग सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले स्थानीय तहका विभिन्न ४८ पदमा हुने उपनिर्वाचनका लागि २ सय ८१ जनाको मनोनयन दर्ता भएको जानकारी दिए । ‘विभिन्न जिल्लामा गरी कुल ४८ पदमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि २ सय ८१ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन्,’ श्रेष्ठले भने ।

आयोगले बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्मका लागि स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो । जसअनुसार स्थानीय तहअन्तर्गत उपनिर्वाचन हुने धरान उपमहानगरपालिकासहित पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरी पपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि समेत उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै, विभिन्न गाउँपालिका र नगरपालिकाका रिक्त ४३ वडाअध्यक्षका लागिसमेत बुधबार नै उम्मेदवारले मनोनय दर्ता गराएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा पाँचथर फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरी धरान उपमहानगरपालिका ७, संखुवासभा खाँदबारी नगरपारिका–३, खोटाङको साकेला गाउँपालिका–३ मा वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, प्रदेश २ अन्तर्गत सप्तरी छिन्नमस्ता गाउँपालिका–७, सिराहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपाकिलका–८ र २ तथा मटिहानी नगरपालिका–६, सर्लाही हरिपुर्वा नगरपालिका–१, रौतहट गढीमाई नगरपालिका–२, बारा बारागढी गाउँपालिका–१ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएका छन् ।

प्रदेश– ३ अन्तर्गत रिक्त रामेछाप उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८, काभ्रे धुलिखेल नगरपालिका–२, काठमाडौं दक्षिणकाली नगरपालिका–३, चितवन खैरहनी नगरपालिका–४ र ५ मा समेत बुधबार नै वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिका–२, बाग्लुङ बडिगाड गाउँपालिका–२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी, प्रदेश–५ अन्तर्गत गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–६, अर्घाखाँची मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, ऐरावती गाउँपालिका– १ र २, रोल्पा थावाङ गाउँपालिका–१, कपिलवस्तु शिवराज नगरपालिका–१०, दाङ घोराही उपमहानगर–१६, बाँके कोहलपुर नगरपालिका–६ मा वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका–५ को रिक्त वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ भने सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा त्रिवेणी नगरपालिका–१, अछाम मल्लेख गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२, कञ्चनपुरको पुर्नवास नगरपालिका–३, बैतडीको पुचौंडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ मा रिक्त वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको आयोगले जनाएको हो ।

मनोनयन दर्तालगत्तै आयोगले बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गरिसकेको छ भने आज बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने बताएको छ ।

भोली शुक्रबार स्थानीय तहतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने आगामी १ मंसिरमा निर्वाचन चिह्न दिने तयारी भएको आयोग जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ४३ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख