अजय देवगनको फिल्मको अफर परिणीतिले गरिन् रिजेक्ट ! | Khabarhub Khabarhub

अजय देवगनको फिल्मको अफर परिणीतिले गरिन् रिजेक्ट !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्ममा काम गर्न इन्कार गरेकी छिन् । समय मिलाउन नसकेका कारण उनले ‘भुजः द प्राइड अफ इन्डिया’ मा काम नगर्ने बताएकी हुन् ।

परिणीति कुनै पनि हालतमा अजयको फिल्मको हिस्सा बन्न चाहन्थिन् । तर, समय मिलाउन नसकेका कारण उनले फिल्म छोड्नुपरेको हो ।

अन्य फिल्मलाई समय दिइसकेका कारण उनले यो फिल्ममा काम गर्न पाइनन् ।

परिणीति चोपडाले आफ्नो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक फिल्म र द गर्ल अन द ट्रेनमा दिएकी छिन् । यी दुई फिल्मका कारण उनी चर्चामा छिन् ।

केही दिनपहिले उनी लण्डनबाट फिल्मको छायांकन सकेर मुम्बई फर्किएकी थिइन् । यतिबेला उनी साइना नेहवालको भूमिकाका लागि मेहनत गरिरहेकी छिन् ।

‘भुजः द प्राइड अफ इन्डिया’ मा अजय देवगनका अलावा सञ्जय दत्त, सोनाक्षी सिन्हा लगायतले समेत अभिनय गर्नेछन् । यो फिल्म सन् १९७१ मा भएको भारत–पाक युद्धमा आधारित छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : १५ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्