अजय देवगनको फिल्मको अफर परिणीतिले गरिन् रिजेक्ट ! « Khabarhub

अजय देवगनको फिल्मको अफर परिणीतिले गरिन् रिजेक्ट !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्ममा काम गर्न इन्कार गरेकी छिन् । समय मिलाउन नसकेका कारण उनले ‘भुजः द प्राइड अफ इन्डिया’ मा काम नगर्ने बताएकी हुन् ।

परिणीति कुनै पनि हालतमा अजयको फिल्मको हिस्सा बन्न चाहन्थिन् । तर, समय मिलाउन नसकेका कारण उनले फिल्म छोड्नुपरेको हो ।

अन्य फिल्मलाई समय दिइसकेका कारण उनले यो फिल्ममा काम गर्न पाइनन् ।

परिणीति चोपडाले आफ्नो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक फिल्म र द गर्ल अन द ट्रेनमा दिएकी छिन् । यी दुई फिल्मका कारण उनी चर्चामा छिन् ।

केही दिनपहिले उनी लण्डनबाट फिल्मको छायांकन सकेर मुम्बई फर्किएकी थिइन् । यतिबेला उनी साइना नेहवालको भूमिकाका लागि मेहनत गरिरहेकी छिन् ।

‘भुजः द प्राइड अफ इन्डिया’ मा अजय देवगनका अलावा सञ्जय दत्त, सोनाक्षी सिन्हा लगायतले समेत अभिनय गर्नेछन् । यो फिल्म सन् १९७१ मा भएको भारत–पाक युद्धमा आधारित छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : १५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले